प्रचन्ड जि, तपाईं राजा बन्ने कि भगवान?

साथीहरु, तपाईंले बन्दको बेला के गर्नु भयो? तास् खेल्ने, टिभी हेर्ने, कुनै नयाँ परिकार बनाएर खाने या सडक् मा क्रीकेट खेल्ने अथवा जुलुस् बनेर टायर बाल्दै ढुङ्गा हन्दै हिंड्ने? अथवा अरु कुनै काम । शायद काम नगरि बस्दा को मजा नेपाल बन्दमा जस्तो अरु बिदामा हुन्न क्यारे । जे होस्, बन्द को बेला रमाइलो हुन्छ है ।

अब सिक्का को अर्को पाटो पल्टाऊँ है । यही बन्द को बेला, तपाईंको श्रीमती लाई बेथा लाग्यो, छोरो छतबाट लड्यो, तपाईंको अन्तर्वाता पर्‍यो अथवा अन्या कुनै जरुरि काम पर्‍यो। अब तपाईं बन्द कसरी मनाउनू हुन्छ नि?

अनि प्रचन्ड जि,

नेपाल को ईतिहास मा सयौं दिन बन्द भाई सकेक छन्, यही बन्द को निहुंमा दर्जनौं निर्दोश ज्यान गै सकेका छन । तर बन्दुक् देखाएर नै मन्छे तर्साउंदै राजा बन्न खोज्ने तत्व हरु ले देश् लाइ तहस् नहस् गर्दै छन्। हिजो को दिनमा भएका गल्तिहरू बाट आज को दिनमा सुधार हुन्न भने, मुकुण्डो मात्रै फेरेर केही हुन्न । हामीलाई कोही यस्तो नेता चाँहीएको छ जस्ले गरीबि को अन्त्य गरोस्, शान्ति को लागि पहल गाह्रोस् अनि, बिकास को मूल फुटाओस् ।

हामी नेपाली जनता बिगत अढाइसय बर्ष देखि दाश सरहा बांचेका थियौं । हामीले माओवादी लाइ समर्थन गरेको माओवादी को दास् बन्नलाई किमार्थ हैन,बरु दासत्व बाट मुक्ती क लागि हो । एदी माओवादी ले हाम्रो यो सोच को अबहेलना गरेर अगाडि बढ्न खोज्छन भने त्यस्को नतिजा राम्रो हुने छैन । हाम्रा बाउ बाजे ले मात्र हैन , दाजु भाइ अनि दिदी बहिनिले पनि स्वतन्त्रता को लागि रगतको खोलो बगाइसकेक छन । लोकतन्त्र को आगमन सगै खूसिका दिन्हरुको पनि आगमन् हुन्छ कि जस्तो लागेको थियो,तर यहाँ त कुरा अर्कै पो छ त।

अनेक झिना मसिना निहुँमा जनतालाई सास्ती दिंदै, सर्वसाधारण लाई मनसिक एवं सारीरिक यातना दिने काम नयाँ नेपाल को परिकल्पना गर्नेले गर्न सक्दैनन । प्रचन्ड जि, यदि तपाईं पनि नयाँ नेपाल को बारे म सोच्नु हुन्छ भने जनता लाई दु ख दिन छाड्नुस् । तपाईंको जनता सँग के दुस्मनी छ र । मैले पनि रेडियो मा तपाईं को अन्तर्वाताअ हरु सुनेको चु, तेती बेला त तपाईं चिप्ला चिप्ला कुरा गर्नु हुन्छ तर ब्यवहार किन त्यस्तो नभाको नि?

म तपाईंलाई गिरिजको पुछ्छर बन्न जानुस् भन्दिन तर, हामीले तपाईंलाई शान्ति स्थापना गर्ने म्यान्डेट दिएक हौं र शान्ति को लक्ष प्राप्ती गर्न अब चाँही आशान्ति को बाटो नरोजौं भन्ने मेरो बिचार् हो। मलाई तपाईं को धेरै कुरा राम्रो लाग्छ तर ‘डन्’ रूप चाँही मन पर्दैन । तपाईं जहिले पनि नाङ्लो ठटाएर हात्ती तर्साउनखोज्नु हुन्छ अनि, नाँग्लो चाँही निर्दोस् जनतालाई बनाउनु हुन्छ ।

र अन्त्यमा, प्रचण्ड जि, तपै राज नबन्नुस् । बरु जनता लाई केन्द्र बिन्दु मानेर अगाडि बढ्नुस् र जनताको हितमा काम् गर्दै जानुस्, जनतले तपाइको पूजा गर्नेछन् तपैलै भगवान् मन्नेछन्।

posted by ajaya

Advertisement

2 Responses to “प्रचन्ड जि, तपाईं राजा बन्ने कि भगवान?”


  1. 1 Lloyd Budd December 19, 2006 at 9:04 pm

    Please see the language at http://nepalmandap.wordpress.com/wp-admin/options-general.php so that the tags and stats are correct.

  2. 2 Ghanashyam February 25, 2007 at 5:23 am

    That’s true. Prachanda has to listen to the people and respect them, if he wants to be the leader.
    Thanks


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s




a

 

December 2006
M T W T F S S
« Nov   Mar »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Team Nepal Mandap !

Contribute your articles for better Nepal !

Follow

Get every new post delivered to your Inbox.