नेपालमा गणतन्त्र आउला ? (१)

-महेश्वर श्रेष्ठ

२०५८ साल जेठ १९ गते तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाह र निजको एकल परिवारका सदस्य बाहेक तत्कालीन गद्दीनसिन राजा वीरेन्द्र नीजको सम्पूर्ण परिवार सदस्य तथा नजिकका नातागोता समेत नारायणहिटी राजदरबारमा मारिएबाट एक किसिमले नेपालमा परम्परागत राजतन्त्रको अन्त्य भएको थियो । तर त्यो हत्याकाण्ड जनताको विद्रोह वा वाह्य आक्रमणको कारणबाट नभई १६० वर्ष अघि जंगबहादुर राणाले कोतपर्व भण्डारखाल पर्व मच्चाएर सम्पूर्ण राज्यशक्ति आङ्ग�नो मु�ठ्ठीमा पारी राणाहरुको अकन्टक पारिवारिक शासन कायम गरे पश्चात १०४ वर्षसम्म देशवासी माथि त्रुूरतम अत्याचार गर्दै र मुलुकलाई वाह्य संसारबाट अलग र अन्धारमा राख्दै सम्पूर्ण राज्यकोष र प्राकृतिक संसाधनलाई राणाहरुको निजी सम्पति बनाए जस्तै एक्काइसौं शताव्दीमा आएर पनि राज्यशक्ति हत्याउने चरम महत्वाकाँक्षा र राणाहरुले जस्तै राज्यकोषमा लूटपाट मच्चाउने कु_ित्सत नियत राख्ने राजपरिवारकै एकथरि सदस्य र तिनका मतियारहरुले गरेको सुनियोजित हत्याकाण्ड भएकोले र त्यस बेला सत्तापक्ष र प्रतिपक्षमा रहेका सम्पूर्ण संसदीय राजनीतिक शक्तिहरुले खासै सरोकार नराखेको वा तिनको नेतृत्व वर्ग डरका कारण मौनता साधेर बसेको हुँदा राजतन्त्रको समूल अन्त्य नभएर राजा फेरिने घटनामा मात्र सिमित हुन पुगेको थियो । त्यसै कारण ज्ञानेन्द्र शाहले आज पर्यन्त राजा हुने अवसर पाइरहेका हुन् ।

त्यसै बेला नेपालमा राजतन्त्रको अन्त्य गरी जनगणतन्त्र नेपालको स्थापना गर्ने उद्देश्यका साथ २०५२ साल फागुनदेखि सशस्त्र विद्रोहमा होमिएको नेकपा माओवादीको कथित जनयुद्ध पनि उत्कर्षमा पुगिराखेको थियो । तर कम्युनिष्टहरुकै नजरमा उसले उठाएको जनयुद्ध सैद्धान्तिक हिसावले बेठीक नभए पनि आन्तरिक तथा वाह्य परिस्थतिको यथार्थपरक विश्लेषण नगरी मनोगत रुपमा उठाइएको हुँदा त्यो बेठीक थियो र त्यस जनयुद्धले एक दिन शान्तिपूर्ण आन्दोलनमा रुपान्तरित हुनै पर्ने थियो । राजा वीरेन्द्रको वंश विनास भएको २०५८ सालमै उसले ��अब हामी शक्ति सन्तुलनको स्थितिमा पुग्यौं । न राज्यले हामीलाई हराउन सक्छ न हामीले राज्यपक्षलाई समाप्त गर्न सक्छौं । भन्दै घुमाउरो भाषामा आपुू असफल भएको स्वीकार्दै ससम्मान अवतरण गर्न खोजेको थियो । उक्त भनाईलाई यसरि पनि बु�ड्ढन सकिन्थ्यो ��परम्परागत राजतन्त्रको अन्त्य भएकोले हाम्रो शसस्त्र विद्रोहको तात्कालीन उद्देश्य पूरा भयो । अब हामी शान्तिपूर्ण आन्दोलनको माध्यमबाटै नेपाली समाजको अग्रगामी रुपान्तरण प्रकृयालाई अगाडि बढाउन चाहन्छौं । तर प्रमुख संसदवादी दलहरुले माओवादीले राखेको संविधानसभाको प्रस्तावलाई ठाडै अस्वीकार गरी उसको त्यस गल्ती स्वीकारोक्ती र शान्तिपूर्ण राजनीतिक मूलधारमा आउने चाहनाको भाषालाई बु�ड्ढन विविध कारण र स्वार्थवस साढे चार वर्ष लगायो अर्थात माओवादीलाई शान्तिपूर्ण राजनीतिक मूलधारमा आउने ढोका खोल्न र निरंकुश राजतन्त्र विरुद्ध आन्दोलन गर्ने कुरामा सातदल र माओवादी सहमत हुन जनताले २०६२ साल मंसीर ७ गते सम्म कुर्नु प�र् यो ।

आतंकवादलाई दबाउने नाममा आफै सबभन्दा ठूलो आतंककारी बनेका राजा ज्ञानेन्द्र र उनको निरंकुश सैनिक शासन विरुद्ध संसदवादी सातदल र विद्रोही माओवादी�र् ारा २०६२ चैत्र २४ गतेदेखि संयुक्त जनआन्दोलन छेडिएको उद्घोष भयो । जनताले सातदलले केहि गर्छ भन्ने विश्वासले होइन माओवादीले पनि कुनै ठूलो माखो मारिहाल्छ भन्ने आशाले पनि होइन तर राजकीय मामलामा राजनीतिक दलहरुबाट मात्र जनताको नेतृत्व हुनसक्ने वाध्यताले र २३७ वर्षदेखि राज्यकोष र प्राकृतिक एवं मानवीय संसाधनको ठूलो अंश भक्षण गरेर पनि नपुगी देशवासी माथि चरम शोषण दमन विभेद उत्पीडन र अत्याचार गर्दै आएको विनासकारी डाइनोसोर जस्तॊ राजतन्त्रबाट सदाका लागि मुक्ति पाउने उत्कट चाहना एवं शान्तिको सास फेर्न पाउने एकमात्र अभिलाषा लिएर विश्वलाई नै चकित पार्दै देशव्यापी रुपमा पचासौं लाख सर्वसाधारण नेपाली जनता आन्दोलनमा उत्रे । विश्वको कुनै पनि साम्राज्यवादी वा प्रतिकृयावादी शक्तिले राजा ज्ञोनन्द्रलाई बचाउन सकेन र आन्दोलन उद्घोष भएको उन्नाइसै दिनमा उनले जनताको अजेय शक्तिका अगाडि घुँडा टेक्न वाध्य हुनै प�र् यो । दलहरुले अरु दुई तीन दिन आन्दोलनलाई निरन्तरता दिने आँट गरेको भए राजा ज्ञोनेन्द्र त्यहि बेला देशबाट भागिसक्थे । तर सातदल मध्येका ठूला दलहरु राजतन्त्रको अन्त्यको पक्षमा नरहेको हुँदा राजा ज्ञानेन्द्रलाई अभयदान प्राप्त भयो र उनी अझै राजा हुन पाइरहेका छन् । तर पनि २०६२ मंसीर ७ गते सातदल र माओवादी बीच जस्तोसुकै समझदारी भए पनि उल्लेखित आन्दोलनमा सहभागी जनताले लगाएको एक मात्र गगनभेदी नारा र राजनीतिक दलहरुलाई दिएको स्पष्ट आदेश हो ��नेपालबाट कुनै पनि किसिमको राजतन्त्रको सदाका लागि समूल अन्त्यÚ र ��जातिय समानुपातिक प्रतिनिधित्व सहितको संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाÚ । क्रमसः

२००७ मार्च २०

Advertisement

0 Responses to “नेपालमा गणतन्त्र आउला ? (१)”



  1. Leave a Comment

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s




a

 

March 2007
M T W T F S S
« Dec   Apr »
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Team Nepal Mandap !

Contribute your articles for better Nepal !

Follow

Get every new post delivered to your Inbox.