Archive for December, 2006

बिरोध पनि जाडोमा तातो पनि

dec_26_06_student_protest_b.jpg
Foto:nepalnews.com

देशमा सबै जसो बिस्वबिधालय मा पदाधिकारी को नीयुक्ती नभएको भन्ने बिरोध मा बिभिन्न विद्यार्थी संघठन हरु ले सडक मा बिरोध जनाइ रहेका छन । समयमा परिक्षा नभएको ,उचित निती नियम पनि नवनेको जस्ता यावत् कुरा भन्दै गरिएको बिरोध सडक मा टायर को मुस्लो संगसंगै अगि बड्दो छ तर गजब के देखियो भने बिरोध मा बालिएको टायर ले हिजो आज यो बिरोध संगसंगै पुस् को यो जाडो मा तातो पनि दिए जस्तो देखियो।फोटो मा हेर्नुस् त कोहि टायर् बालेर नारा लाउदै छन् त कोहि ज्यान् सेकाउदै छन्।
गजब् छ् बा!!!!!!!
-Raj Shrestha

प्रचन्ड जि, तपाईं राजा बन्ने कि भगवान?

साथीहरु, तपाईंले बन्दको बेला के गर्नु भयो? तास् खेल्ने, टिभी हेर्ने, कुनै नयाँ परिकार बनाएर खाने या सडक् मा क्रीकेट खेल्ने अथवा जुलुस् बनेर टायर बाल्दै ढुङ्गा हन्दै हिंड्ने? अथवा अरु कुनै काम । शायद काम नगरि बस्दा को मजा नेपाल बन्दमा जस्तो अरु बिदामा हुन्न क्यारे । जे होस्, बन्द को बेला रमाइलो हुन्छ है ।

अब सिक्का को अर्को पाटो पल्टाऊँ है । यही बन्द को बेला, तपाईंको श्रीमती लाई बेथा लाग्यो, छोरो छतबाट लड्यो, तपाईंको अन्तर्वाता पर्‍यो अथवा अन्या कुनै जरुरि काम पर्‍यो। अब तपाईं बन्द कसरी मनाउनू हुन्छ नि?

अनि प्रचन्ड जि,

नेपाल को ईतिहास मा सयौं दिन बन्द भाई सकेक छन्, यही बन्द को निहुंमा दर्जनौं निर्दोश ज्यान गै सकेका छन । तर बन्दुक् देखाएर नै मन्छे तर्साउंदै राजा बन्न खोज्ने तत्व हरु ले देश् लाइ तहस् नहस् गर्दै छन्। हिजो को दिनमा भएका गल्तिहरू बाट आज को दिनमा सुधार हुन्न भने, मुकुण्डो मात्रै फेरेर केही हुन्न । हामीलाई कोही यस्तो नेता चाँहीएको छ जस्ले गरीबि को अन्त्य गरोस्, शान्ति को लागि पहल गाह्रोस् अनि, बिकास को मूल फुटाओस् ।

हामी नेपाली जनता बिगत अढाइसय बर्ष देखि दाश सरहा बांचेका थियौं । हामीले माओवादी लाइ समर्थन गरेको माओवादी को दास् बन्नलाई किमार्थ हैन,बरु दासत्व बाट मुक्ती क लागि हो । एदी माओवादी ले हाम्रो यो सोच को अबहेलना गरेर अगाडि बढ्न खोज्छन भने त्यस्को नतिजा राम्रो हुने छैन । हाम्रा बाउ बाजे ले मात्र हैन , दाजु भाइ अनि दिदी बहिनिले पनि स्वतन्त्रता को लागि रगतको खोलो बगाइसकेक छन । लोकतन्त्र को आगमन सगै खूसिका दिन्हरुको पनि आगमन् हुन्छ कि जस्तो लागेको थियो,तर यहाँ त कुरा अर्कै पो छ त।

अनेक झिना मसिना निहुँमा जनतालाई सास्ती दिंदै, सर्वसाधारण लाई मनसिक एवं सारीरिक यातना दिने काम नयाँ नेपाल को परिकल्पना गर्नेले गर्न सक्दैनन । प्रचन्ड जि, यदि तपाईं पनि नयाँ नेपाल को बारे म सोच्नु हुन्छ भने जनता लाई दु ख दिन छाड्नुस् । तपाईंको जनता सँग के दुस्मनी छ र । मैले पनि रेडियो मा तपाईं को अन्तर्वाताअ हरु सुनेको चु, तेती बेला त तपाईं चिप्ला चिप्ला कुरा गर्नु हुन्छ तर ब्यवहार किन त्यस्तो नभाको नि?

म तपाईंलाई गिरिजको पुछ्छर बन्न जानुस् भन्दिन तर, हामीले तपाईंलाई शान्ति स्थापना गर्ने म्यान्डेट दिएक हौं र शान्ति को लक्ष प्राप्ती गर्न अब चाँही आशान्ति को बाटो नरोजौं भन्ने मेरो बिचार् हो। मलाई तपाईं को धेरै कुरा राम्रो लाग्छ तर ‘डन्’ रूप चाँही मन पर्दैन । तपाईं जहिले पनि नाङ्लो ठटाएर हात्ती तर्साउनखोज्नु हुन्छ अनि, नाँग्लो चाँही निर्दोस् जनतालाई बनाउनु हुन्छ ।

र अन्त्यमा, प्रचण्ड जि, तपै राज नबन्नुस् । बरु जनता लाई केन्द्र बिन्दु मानेर अगाडि बढ्नुस् र जनताको हितमा काम् गर्दै जानुस्, जनतले तपाइको पूजा गर्नेछन् तपैलै भगवान् मन्नेछन्।

posted by ajaya

शान्ति सम्झौता पछि पनि बन्द को झट्का

nepal_maoists.jpg

foto:time.com
देशमा तेती ठुलो सम्झौता भयो,सबै जना शान्ति को सास् सास् फेर्न पाइने भयो भनेर दंग परेको बेला आज को उपत्यका बन्द ले सबै मा झट्का दिएको छ । हुनत शान्ति सम्झौता हुनु अगि पनि र भए पछी पनि माओवादी र सरकार दुवै पक्ष बिच खासै मिलिमोतो भएको देखिको थिएन । कहिले सरकार को कुरा माओवादी लाई मन नपर्ने त कहिले माओवादी को कुरा सरकार लाई मननपर्ने यो क्रम् जारी नै थियो।तर कुरा कनी कुथी अगि बडे पनि हिजो सरकार ले १४ देशमा रिक्त रहेका राजदुत् मा नया राजदुत् हरु को नाम बहिर ल्याए पछि त माओबादी हरु लै अस्हय भए जस्तो देखियो ।उनिहरु को शिर्ष नेता ले जनाए अनुसार सरकार समस्या समाधान गर्नु को साटो झन बिरोधी हुँदै गएको र यस्ले शान्ति स्थापना मा समेत बाधा पर्न सक्ने भएको ले समय मा नै सचेत् हुनु पर्ने उनि हरु ले बताएका छन । हिजो को उक्त राजदुत् को नामवलि प्रकासन् को बिरोध् मा आज् को बन्दसत्र सन्चालन् भएको र यो बिहान् १० देखि साझ ४ बजेसम्म हुने उनिहरु ले बताएका छन्।
देश मा साच्चै को शान्ति चै आउछ कहिले ? ? ? ?

Posted By:Raj Shrestha

होसियार राजाबादीहरु

dec_15_06_pro_activists1_b.jpg

Photo:nepalnews.com

dec_15_06_pro_activists4_b.jpg

अस्ति मात्रै हो पोखरा मा त्यत्रो धुलाई भेटेको तर पनि चेत् आएन् यि राजाबादि लाइ।देश् मा लोक्क्तन्त्र,गडतन्त्र को नाम्मा यत्रो देश् उर्लि सकेपछि पनि “राजा आउ देश् बचाउ” भने पछि त काग् को हुल् मा बक्कुल्ला भैन्छ् भनेर उनिहरु लै थाहा भएन छ् कि कसो।तर हुन त २१ सौ शताब्दी मा मानब् अधिकार् को कुरो पहिलो चरण् मा आउने भए पनि बेला बख्त् हेर्नु पर्ने रहेछ् के गर्ने?फेरि हिजो मात्र काठ्मान्डौ मा राप्रपा को राजा बादि जुलुस् मा हस्तछेप् भै राजबादि हु भन्ने ले पिटाइ भेटेका छन्। त्यसैले बेला बद्लियो है अब होसियार् ।।।।

Posted By:Raj Shrestha


December 2006
M T W T F S S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Team Nepal Mandap !

Contribute your articles for better Nepal !