Archive for March, 2007

नेपालमा गणतन्त्र आउला ? (भाग-२)

– महेश्वर श्रेष्ठ

            जनआन्दोलन-२ को नामले बढी परिचित नेपाली जनताले आफ्नो मुक्तिका लागि गरेको २०६२६३ को शान्तिपूर्ण संघर्षको ‘सफलता’ पश्चात आन्दोलनकारी सातदलको सरकार बनेको पनि ११ महिना नाघिसक्यो । यस बीच २०५८ मा विघटित प्रतिनिधिसभा पुनःस्थापित भएको छ । पुनःस्थापित प्रतिनिधिसभाले अनेक संकल्प सहित एउटा अष्टाबक्र अन्तरिम संविधान जारी गरेकै दिन गत माघ १ गते सशस्त्र विद्रोही नेकपा माओवादी पनि आफ्ना ८३ जनाको ‘विधायक सांसद’ को दलबल सहित ‘अण्तरिम विधायिका संसद’ मा पुगेको छ । जनआन्दोलनको बलमा ‘अन्तरिम विधायिका संसद पुगेका ‘विधायक सांसद’ हरुले सर्वप्रथम आफूलाई ‘विधायिका संसद’ मा पुर्‍याउने र ‘विधायक सांसद’ बनाउने जनताकै घोर अपमान गर्दै जनताको नाममा होइन, ईश्वरको नाममा सपथ खाएका छन् । त्यसैले यिनीहरु जनताप्रति उत्तरदायी छैनन् । निरञ्जन, निराकार, अदृष्य, अमूर्त र अमूक ईश्वरप्रति मात्र यिनीहरु उत्तरदायी छन् । विगतको इतिहास र पृष्ठभूमीलाई सम्झने हो भने जनताप्रति उत्तरदायी नभएका (हाललाई माओवादी बाहेकका) यी ‘विधायक सांसद’ हरुले जनआन्दोलन-२ ले दिएको जनादेशलाई परिपालना गर्ने छन् भन्ने कुरामा शंकै छ । अहिले देशमा विकास भइरहेको घटनाक्रमलाई हेर्दा संविधानसभाको निर्वाचन नै होला कि नहोला भन्ने शंका व्याप्त छ । भइहाले पनि निर्वाचित भएर आउने अधिकाँश संविधानसभासद यी नै ‘शंकास्पद विधायक सांसद’ हरु मध्येबाटै आउने हुन् । भोलीका यी ‘शंकास्पद संविधानसभासद’ हरुले गणतन्त्रको पक्षमा मतदान गर्लान् भनेर कसरि विश्वास गर्ने?  माओवादीहरुलाई पनि सामेल गरेर अन्तरिम सरकार बनाउने काम यी पंक्तिहरु कोर्दासम्म पूरा भएको छैन । ‘आन्दोलनकारी’ सातदल र ‘जनयुद्धकारी’ माओवादी नै कमाउ र शक्तिशाली मन्त्रालयहरुको बाँडफाँड र दावी-विरोधमा अल्झेर संविधानसभा निर्वाचनलाई गौण बनाइरहेका छन् । संविधानसभा निर्वाचन गरिसक्नु पर्ने समय आजको मितिले अढाई महिना मात्र बाकी छ तर निर्वाचन क्षेत्र निर्धारण आयोग भरखर मात्र बनेको छ । त्यसमा पनि जनआन्दोलन विरोधी भनी किटिएका व्यक्तिलाई आयुक्त बनाइएकोले विवाद सिर्जना भएको छ । संविधानसभा निर्वाचनका लागि आवश्यक ऐन नियम हालै मात्र पारित भएका छन् । तिनको अभावमा अस्तिसम्म निर्वाचन आयोगको काम भनेको मतदाता नामावली संकलन गर्नमै सिमित थियो । यस्तो पाराले आगामी जेठभित्र संविधानसभा निर्वाचन सम्भव होला? नेपाली काँग्रेस (प्रजातान्त्रिक) का सभापति शेरबहादुर देउवाले त सम्भव छैन, कार्तिक तिर सार्नु पर्छ समेत भनिसकेका छन् । देउवाको यस भनाईमा व्यवहारिक सत्यताको धेरै अंश छ तर जेठभित्र संविधानसभा निर्वाचन नभएमा के हुन्छ भन्ने बारे उनी मौन छन् । किनकि यस भनाईमा स्वर मात्र उनको हो, शव्द र सार संविधानसभा निर्वाचन हुन नदिने शक्ति र तत्वहरुको हो भन्नेमा कुनै शंका छैन । जब संविधानसभा हुनेमै शंका छ भने त्यस मार्फत गणतन्त्र आउँछ भनी आशा गर्नु बेकार छ । 

यस बीच अष्टाबक्र अन्तरिम संविधानले आदिवासी, जनजाति, मधेशी, दलित र अन्य सिमान्तिकृत जनसमुदायको प्रतिनिधित्व र हितलाई उपेक्षा गरेको भनी पहाडी भेगमा नेपाल आदिवासी जनजाति महासंघ तथा दलित संघसंस्थाहरु र तराईमा मधेशी जनअधिकार फोरमले गरेको अभूतपूर्व तथा ऐतिहासिक आन्दोलनका कारण उक्त अन्तरिम संविधान जारी भएको दुई महिना नपुग्दै संशोधन भएको छ । तर उक्त संशोधनले जातिहरुको समानुपातिक प्रतिनिधित्व र संघीय राज्यको अवधारणालाई स्वीकार गरे तापनि आन्दोलनकारीहरु लगायत अरु कसैले माग्दै नमागेको कुरा किसान र मजदूर जस्ता वर्गीय समूहहरुलाई पनि समानुपातिक प्रतिनिधित्व गराउने प्रावधान राखेर गडबड उत्पन्न गरेको छ, जाति र वर्ग बीच अन्तरविरोध सिर्जना गरिदिएको छ । राज्यको संघीय स्वरुप कस्तो हुन्छ भन्ने बारे स्पष्ट छैन । अब मजदुरहरुको प्रतिनिधि भएर कारखानामा कहिल्यै काम गर्न नपर्ने नेपाल ट्रेड युनियन काँग्रेसका आजीवन सभापति अरबपति लक्ष्मण बस्नेत जस्ता ‘मजदूर’ हरु र पंचायत कालमा किसानको प्रतिनिधि भई प्रधानमन्त्रीसम्म हुन भ्याएका नगेन्द्रप्रसाद रिजाल जस्ता अथाह जमीनका मालिकहरु किसानको प्रतिनिधि भई संविधानसभामा पुग्ने बाटो खुलेको छ । दिनको दुई छाक हातमुख जोर्न गोरु जोते झैं जोतिनु पर्ने वास्तविक किसान र मजदूरले चुनाव लड्ने खर्च र समय कहाँबाट जुटाउने? जब संविधान संशोधन नै खोटपूर्ण छ र जसबाट षडयन्त्रको कडा गन्ध आइरहेको छ, त्यस्तो प्रकृयाबाट निर्माण हुने संविधानसभाबाट गणतन्त्र आउँछ भनेर कसरि विश्वास गर्ने? २००७ मार्च २९ तारिख

देश कता तिर ? ? ?

राजेश् केसी को फलानो डट् कम् हेर्दै थिए।एउटा ले कमेन्ट् मा “माइ कन्ट्री माइ प्राइड्” लेखेको रहेछ्। झलक्क् अस्ति को ब्यापारि को आन्दोलन् र हाल्सालै को गौर् घट्ना याद् आयो।खोइ कहा प्राइड् गर्ने जस्तो लाग्यो।
सुन्दर् छ् त्यो ठिक् छ्,तर सुन्दरता को आभास् गर्न पाउने बातावरण बन्छ् कहिले?१२ बर्ष् सम्म को युद्द् लाइ अन्त्य गर्न बिगत् मा कैयो प्रयास् भए ति मध्ये को अहिले को शान्ती सम्झौता मुल् धार् मा पुग्दा फेरि यस्ता हत्या हिशा दोहरिनु ले आम् जन्ता मा बिश्वास् कसरी हुने हो कि शान्ती आउदै छ।
gaur_clash_011.jpg
Photo:UWB
हिजो भ्ख्खर् को माओबादी र मधेशि जन अधिकार् फोरुम् बिच् को गौर् मा भएको भिडन्त सायद् शान्ती प्रकृया पछि २५ नेपाली को ज्यान् गएको यो पहिलो घट्ना होला। त्यो पनि आफै आफै मा लडेर। हुन त शान्ती प्रकृया सुरु भए यता मा साना तिना फाटफुट घट्ना नघटेका त होइनन् तर जन्ता ले यस्लाइ सुधार्न बाकि कम्जोरी को रुप्मा चित्त बुझाए होलान् तर यस्तो अकल्पनिय भाइ भाइ बिच् को युद्द ले सोच् एबम् परिणाम् दुवै नराम्रो ल्याउन सक्छ् त्यसैले समयमा मा नै सबै पक्ष बाट् बानी नसुधारे देश् गृह युद्द तर्फ धकालिन के बेर्?? आशा गरौ त्यस्तो नहोस् तर बेला अब दोषी छुट्याउनु भन्दा पनि कम्जोरी पत्ता लगाउन तिर लगाए कसो होला????
Raj Shrestha

नेपालमा गणतन्त्र आउला ? (१)

-महेश्वर श्रेष्ठ

२०५८ साल जेठ १९ गते तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाह र निजको एकल परिवारका सदस्य बाहेक तत्कालीन गद्दीनसिन राजा वीरेन्द्र नीजको सम्पूर्ण परिवार सदस्य तथा नजिकका नातागोता समेत नारायणहिटी राजदरबारमा मारिएबाट एक किसिमले नेपालमा परम्परागत राजतन्त्रको अन्त्य भएको थियो । तर त्यो हत्याकाण्ड जनताको विद्रोह वा वाह्य आक्रमणको कारणबाट नभई १६० वर्ष अघि जंगबहादुर राणाले कोतपर्व भण्डारखाल पर्व मच्चाएर सम्पूर्ण राज्यशक्ति आङ्ग�नो मु�ठ्ठीमा पारी राणाहरुको अकन्टक पारिवारिक शासन कायम गरे पश्चात १०४ वर्षसम्म देशवासी माथि त्रुूरतम अत्याचार गर्दै र मुलुकलाई वाह्य संसारबाट अलग र अन्धारमा राख्दै सम्पूर्ण राज्यकोष र प्राकृतिक संसाधनलाई राणाहरुको निजी सम्पति बनाए जस्तै एक्काइसौं शताव्दीमा आएर पनि राज्यशक्ति हत्याउने चरम महत्वाकाँक्षा र राणाहरुले जस्तै राज्यकोषमा लूटपाट मच्चाउने कु_ित्सत नियत राख्ने राजपरिवारकै एकथरि सदस्य र तिनका मतियारहरुले गरेको सुनियोजित हत्याकाण्ड भएकोले र त्यस बेला सत्तापक्ष र प्रतिपक्षमा रहेका सम्पूर्ण संसदीय राजनीतिक शक्तिहरुले खासै सरोकार नराखेको वा तिनको नेतृत्व वर्ग डरका कारण मौनता साधेर बसेको हुँदा राजतन्त्रको समूल अन्त्य नभएर राजा फेरिने घटनामा मात्र सिमित हुन पुगेको थियो । त्यसै कारण ज्ञानेन्द्र शाहले आज पर्यन्त राजा हुने अवसर पाइरहेका हुन् ।

त्यसै बेला नेपालमा राजतन्त्रको अन्त्य गरी जनगणतन्त्र नेपालको स्थापना गर्ने उद्देश्यका साथ २०५२ साल फागुनदेखि सशस्त्र विद्रोहमा होमिएको नेकपा माओवादीको कथित जनयुद्ध पनि उत्कर्षमा पुगिराखेको थियो । तर कम्युनिष्टहरुकै नजरमा उसले उठाएको जनयुद्ध सैद्धान्तिक हिसावले बेठीक नभए पनि आन्तरिक तथा वाह्य परिस्थतिको यथार्थपरक विश्लेषण नगरी मनोगत रुपमा उठाइएको हुँदा त्यो बेठीक थियो र त्यस जनयुद्धले एक दिन शान्तिपूर्ण आन्दोलनमा रुपान्तरित हुनै पर्ने थियो । राजा वीरेन्द्रको वंश विनास भएको २०५८ सालमै उसले ��अब हामी शक्ति सन्तुलनको स्थितिमा पुग्यौं । न राज्यले हामीलाई हराउन सक्छ न हामीले राज्यपक्षलाई समाप्त गर्न सक्छौं । भन्दै घुमाउरो भाषामा आपुू असफल भएको स्वीकार्दै ससम्मान अवतरण गर्न खोजेको थियो । उक्त भनाईलाई यसरि पनि बु�ड्ढन सकिन्थ्यो ��परम्परागत राजतन्त्रको अन्त्य भएकोले हाम्रो शसस्त्र विद्रोहको तात्कालीन उद्देश्य पूरा भयो । अब हामी शान्तिपूर्ण आन्दोलनको माध्यमबाटै नेपाली समाजको अग्रगामी रुपान्तरण प्रकृयालाई अगाडि बढाउन चाहन्छौं । तर प्रमुख संसदवादी दलहरुले माओवादीले राखेको संविधानसभाको प्रस्तावलाई ठाडै अस्वीकार गरी उसको त्यस गल्ती स्वीकारोक्ती र शान्तिपूर्ण राजनीतिक मूलधारमा आउने चाहनाको भाषालाई बु�ड्ढन विविध कारण र स्वार्थवस साढे चार वर्ष लगायो अर्थात माओवादीलाई शान्तिपूर्ण राजनीतिक मूलधारमा आउने ढोका खोल्न र निरंकुश राजतन्त्र विरुद्ध आन्दोलन गर्ने कुरामा सातदल र माओवादी सहमत हुन जनताले २०६२ साल मंसीर ७ गते सम्म कुर्नु प�र् यो ।

आतंकवादलाई दबाउने नाममा आफै सबभन्दा ठूलो आतंककारी बनेका राजा ज्ञानेन्द्र र उनको निरंकुश सैनिक शासन विरुद्ध संसदवादी सातदल र विद्रोही माओवादी�र् ारा २०६२ चैत्र २४ गतेदेखि संयुक्त जनआन्दोलन छेडिएको उद्घोष भयो । जनताले सातदलले केहि गर्छ भन्ने विश्वासले होइन माओवादीले पनि कुनै ठूलो माखो मारिहाल्छ भन्ने आशाले पनि होइन तर राजकीय मामलामा राजनीतिक दलहरुबाट मात्र जनताको नेतृत्व हुनसक्ने वाध्यताले र २३७ वर्षदेखि राज्यकोष र प्राकृतिक एवं मानवीय संसाधनको ठूलो अंश भक्षण गरेर पनि नपुगी देशवासी माथि चरम शोषण दमन विभेद उत्पीडन र अत्याचार गर्दै आएको विनासकारी डाइनोसोर जस्तॊ राजतन्त्रबाट सदाका लागि मुक्ति पाउने उत्कट चाहना एवं शान्तिको सास फेर्न पाउने एकमात्र अभिलाषा लिएर विश्वलाई नै चकित पार्दै देशव्यापी रुपमा पचासौं लाख सर्वसाधारण नेपाली जनता आन्दोलनमा उत्रे । विश्वको कुनै पनि साम्राज्यवादी वा प्रतिकृयावादी शक्तिले राजा ज्ञोनन्द्रलाई बचाउन सकेन र आन्दोलन उद्घोष भएको उन्नाइसै दिनमा उनले जनताको अजेय शक्तिका अगाडि घुँडा टेक्न वाध्य हुनै प�र् यो । दलहरुले अरु दुई तीन दिन आन्दोलनलाई निरन्तरता दिने आँट गरेको भए राजा ज्ञोनेन्द्र त्यहि बेला देशबाट भागिसक्थे । तर सातदल मध्येका ठूला दलहरु राजतन्त्रको अन्त्यको पक्षमा नरहेको हुँदा राजा ज्ञानेन्द्रलाई अभयदान प्राप्त भयो र उनी अझै राजा हुन पाइरहेका छन् । तर पनि २०६२ मंसीर ७ गते सातदल र माओवादी बीच जस्तोसुकै समझदारी भए पनि उल्लेखित आन्दोलनमा सहभागी जनताले लगाएको एक मात्र गगनभेदी नारा र राजनीतिक दलहरुलाई दिएको स्पष्ट आदेश हो ��नेपालबाट कुनै पनि किसिमको राजतन्त्रको सदाका लागि समूल अन्त्यÚ र ��जातिय समानुपातिक प्रतिनिधित्व सहितको संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाÚ । क्रमसः

२००७ मार्च २०


March 2007
M T W T F S S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Team Nepal Mandap !

Contribute your articles for better Nepal !