Archive for the 'Uncategorized' Category

नेपालमा गणतन्त्र आउला? (भाग-३)

– महेश्वर श्रेष्ठ

माथि उल्लेखित अवलोकन तथा विश्लेषणहरु बाहिरबाटै देखिने, सजिलैसित बुझिने वा महसुस गर्न सकिने सतही कुराहरु हुन् । यहाँ तिनलाई अलि विस्तारमा प्रस्तुत गर्ने प्रयास गरिएको छ । 

१. प्रतिकृयावादी-प्रतिगामीहरुको चलखेल आत्मनिर्णयको अधिकार सहित जातीय क्षेत्रीय स्वशासनको गुलियो नाराबाट आकषिर्त भई माओवादी जनयुद्धमा लागेका लडाकुहरु मध्ये तराईमा सो पार्टीबाट फुटेर गएकाहरुको संगठन जनतान्त्रिक तर्राई मुक्ति मोर्चाको दुई समुह (गोइत समुह र ज्वाला समुह) ले ‘स्वतन्त्र मधेश’ को नारा सहित विशेषतः सप्तरी र सिराहा जिल्लामा केन्द्रीत हिंसात्मक गतिविधि चलाउँदै आएका छन् । माओवादीबाटै एक्कासी बाहिरिएका र पछि देशी विदेशी प्रतिकृयावादी तथा प्रतिगामी तत्वहरुबाट परिचालित भनी आरोपित उपेन्द्र यादवको नेतृत्वमा रहेको मधेशी जनअधिकार फोरमले ‘ राज्यको सबै अंगमा मधेशीहरुको समानुपातिक प्रतिनिधित्व र क्षेत्रीय स्वायत्तता’ जस्तो जायज माग सहित तराई क्षेत्रमा उठाएको आन्दोलन शुरुमा शान्तिपूर्ण तर अत्यन्तै सशक्त भए तापनि नेपालको लोकतान्त्रिक आन्दोलनलाई नै समाप्त पार्न उद्यत साम्राज्यवादी शक्तिहरु तथा नेपाललाई संधै अस्थीर देख्न चाहने भारतीय राजनीतिक शक्तिहरुको चलखेल, राजतन्त्रवादी प्रतिगामी तत्वहरु र नेपाल तथा भारतका हिन्दू अतिवादी तत्वहरुको व्यापक घुसपैठ, र नेपाल-भारत खुला सिमाको गलत फाइदा उठाउँदै आएका पेशेवर डकैत तथा हत्याराहरुको अत्यधिक र अनियन्त्रित प्रयोगका कारण पछि उक्त आन्दोलन अत्यन्तै हिंसात्मक, साम्प्रदायिक र विखण्डनकारी बन्न पुगेको छ । Alliance for Rights and Independence of Madhesh (ARIM) नामक समूहले नेपालको इतिहासलाई निकृष्ट ढंगले तोडमोड गर्दै गलत बौद्धिक खुराक दिएर त्यस आन्दोलनलाई अझ बढी उत्तेजित बनाउने र भडकाउने काम गरिरहेको छ । यी सबैको फलस्वरुप ‘स्वतन्त्र मधेश’ लाई अझ बढी चर्काइयो, ‘पहाडी भगाओ’ अभियान नै चलाइयो, गैर-मधेशी राष्ट्रिय विभूतिका शालिकहरु ढालिए, पहाडेहरुको सयौं घर जलाइए, सयौं पहाडे परिवार घरबार छोडेर भाग्न वाध्य पारिए । अहिलेसम्म मधेशीहरुको आन्दोलनमा सयौं मानिसको ज्यान गइसकेको छ । तर गृहमन्त्रीले राजिनामा नदिएसम्म सरकारसंग वार्ता नै नगर्ने बेतुकको अत्तो थापेर मधेशी जनअधिकार फोरमले समस्या समाधान गर्ने भन्दा पनि त्यसलाई चर्काकाउने काम गरिरहेको छ । यस असहज परिस्थतिबाट गलत फाइदा उठाउन ‘चुरे-भावर एकता समाज’ जन्माइएको छ र ‘चुरे-भावर स्वायत्त प्रदेश’ माग गर्न लगाइएको छ । यी यावत कृयाकलापहरु सकेसम्म संविधानसभाको निर्वाचन नै हुन नदिने र भइहाले पनि त्यसलाई गणतन्त्रको विरुद्ध उपयोग गर्ने प्रतिकृयावादी तथा राजतन्त्रवादी प्रतिगामीहरुको चलखेल हुन् । 

२. नेपाली काँग्रेस माथि जनताको विश्वास छैन ।नेपालमा राष्ट्रिय स्तरको राजनेताको शून्य उपस्थिति र उमेरको कारण जनआन्दोलन-२ को बलले बनेको सरकारको समेत प्रधानमन्त्री हुने सौभाग्य पाएका गिरिजाप्रसाद कोइरालाले अस्तिसम्म सेरेमोनियल किङ अथवा संवैधानिक राजतन्त्रको रट लगाइरहेकै हुन् । निलम्बित अवस्थामा रहेका राजा ज्ञानेन्द्रले गत फागुन ७ गते ‘प्रजातन्त्र दिवसको उपलक्ष्यमा देशवासीको नाममा दिएको सन्देश’ विरुद्ध जनताले कडा विरोध जनाए पछि प्रधानमन्त्री कोइरालाले ‘राजाको व्यवहार र कृयाकलापले गर्दा नै गणतन्त्रको बाटो खुलेको छ, राजाले आफै गद्धी त्यागे हुन्थ्यो’ नभनेका होइनन् । त्यसै गरी हालै सम्पन्न दक्षिण एसियाली राष्ट्रहरुको संगठन र्सार्कको चौधौं शीखर सम्मेलन ताका नयाँ दिल्लीमा पत्रकारहरुले सोधेको एक प्रश्नको जवाफमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका प्रधानमन्त्री कोइरालाले ‘को राजा ज्ञानेन्द्र ? तपाईंको प्रश्नबाट राजा शव्द हटाइदिनुस् ज्ञानेन्द्र मात्र भन्नुस् ।’ पनि नभनेका होइनन् । तर यी भनाईहरुको आधारमै नेपाली काँग्रेसले गणतन्त्रको बाटो समातेको भन्न सकिने स्थिति छैन । राजतन्त्रलाई हेर्ने दृष्टिकोणमा २०६३ फागुन ७ गते पछि कोइरालामा एकाएक आएको परिवर्तनको कारण बुझन र त्यसको सत्यताप्रति विश्वस्त हुन संविधानसभाको निर्वाचनासम्म कुर्नै पर्नेछ किनकि २०४८ सालको आम निर्वाचनबाट पहिलो पटक प्रधानमन्त्री बनेका यिनै गिरिजाप्रसाद कोइरालाले भारतसंग टनकपुर बाँध सम्बन्धी सम्झौता गरेर आई ‘सम्झौता होइन, समझदारी मात्र गरेको हो’ भनी तत्कालीन संसद, अदालत, सम्पूर्ण जनता र राष्टलाई नै ढाँट्रने काम गरेकाले यिनको भनाईसंग विश्वस्त हुन गाहारो परेको हो । त्यसै गरी २०६२ मंसीर ७ भन्दा अघि संविधानसभा र गणतन्त्रको पक्षमा लागिपरेका आफ्नै पार्टीका बौद्धिक नेता नरहरी आचार्य र विद्यार्थी नेता गगन थापालाई कोइरालाले ‘दरबारिया एजेन्ट’ भनी उल्टै आरोप लगाउनु र राजनीतिक क्षितिजबाटै हराउने गरी उनीहरुको तेजोवध गर्नुले राजतन्त्र बारे कोइरालाका पछिल्ला भनाईहरु माथि विश्वास गरिहाल्ने अवस्था सिर्जना नभएको हो । फेरि राजतन्त्र नेपाली काँग्रेसको वर्गीय शत्रु पनि त होइन । राज्यसत्ता र शोषण गर्ने काममा आफ्नो अनुकुल भागवण्डा मिले पछि नेपाली काँग्रेसले आफ्नो वर्गीय कुटुम्वको प्रतिरक्षामा ‘आफू बाँचौं अरुलाई पनि बाँच्न देऔं, ऐतिहासिक धरोहर सेरेमोनियल मोनार्कीलाई रहन देऔं, यो नै प्रजातन्त्रवादीहरुको मूलमन्त्र हो’ भनेमा आर्श्चर्य मान्नु पर्दैन । 

३. नेकपा एमाले माथि जनताको भरोसा छैन । नामले कम्युनिष्ट भनिए तापनि संशोधनवाद, र्समर्पणवाद र विर्सजनवादको बाटो हुँदै प्रतिकृयावादको कित्तामा पतन भएको नेकपा एमालेले नेपाली र्सवहारा वर्ग र कम्युनिष्ट आन्दोलन विरुद्ध गद्धारी गरे तापनि एउटा बुर्जुवा पार्टीको धर्मसम्म निभाउला कि भन्ने केही मानिसहरुको आशा माथि समेत चीसो पानी खन्याएर निराश पारिदिएको कारण नेपाली जनता त्यस पार्टी माथि भरोसा गर्न सक्ने मानसिकतामा छैनन् । (१) गिरिजाप्रसाद कोइरालाको टनकपुर बाँध सम्बन्धी ‘समझदारी’ विरुद्ध लडेको जस्तो बहाना गरी पछि सिंगो महाकाली नदी भारतको पोल्टामा बुझाउने काममा अहम भूमिका खेल्नु, (२) सदन बहिस्कार गरेको नाटक गरेर त्यसबेला सत्ताधारी नेपाली काँग्रेसलाई देशघाती नागरिकता सम्बन्धी विधेयक पारित गर्न मैदान खाली गरिदिनु, (३) जसरी पनि सत्तामा पुग्ने, सत्ताको भागवण्डा पडकाउने र त्यसलाई टिकाउने नाममा सुन, सुरा, सुन्दरी र राज्यकोष दुरुपयोग गर्ने गलत पारिपाटीको शुरुवात गर्नु, (४) पार्टीहरु राजा ज्ञानेन्द्रको निरंकुश शासन विरुद्ध सडक आन्दोलन गरिरहेको बेला सहकर्मी पार्टीहरुलाई चटक्क छोडेर प्रधानमन्त्रीको जागिर खान राजदरबारमा बिन्तीपत्र चढाउन जानु, (५) मन्त्रीपरिषद कार्यविधि नियमावलीमा संशोधन हुनासाथ प्रतिगमन सच्चियो भन्दै शेरबहादुर देउवाको कठपुतली सरकारमा सामेल भई विभिन्न जनविरोधी कामहरु गर्नु जस्ता कुकर्महरुले एमालेको अनुहारमा कालो पोतिएको छँदैछ । त्यस माथि विघटित संसद पुनःस्थापना हुनासाथ जनआन्दोलनमा जनताले दिएको राजतन्त्र अन्त्यको आदेशलाई उपहास गर्न हतार हतार राजाको छोरीले पनि राजगद्धीको उत्तराधिकारी हुन पाउने विधेयक प्रस्ताव र पारित गराउनु, राजतन्त्र राख्ने वा नराख्ने भन्ने विषयमा जनमत संग्रह गरिनु पर्छ भनी कोकोहोलो मच्चाउँदै राजतन्त्र अन्त्य गर्ने कामबाट पन्छिन खोज्नु र जनमत संग्रहमा कदाचित राजतन्त्रको जीत भएमा ‘हामीले गर्दा जितेको त हो नि’ भन्दै त्यसको समेत जस लिने कुटील चाल चल्नु, रायमाझी आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने अधिकार पाएको पूर्ववर्ती सरकारका एमाले उप-प्रधानमन्त्री खड्गप्रसाद ओलीले जनआन्दोलन-२ दमन गर्ने प्रमुख व्यक्ति राजा ज्ञानेन्द्रलाई कार्वाही गर्न नपर्ने सिफारिस गर्नु आदिले एमाले पार्टी परम् राजभक्त र गणतन्त्र विरोधी हो भन्ने स्पष्ट हुन्छ । सत्ता मात्र सबै थोक हो, सत्ता बाहेक अरु थोक सबै मिथ्या हो भन्ने एमालेले संविधानसभामा जनता विरुद्ध गद्धारी गर्न सक्ने सम्भावनालाई नकार्ने ठाउँ छैन । (क्रमसः) 

२००७ अप्रिल ०७

नेपालमा गणतन्त्र आउला ? (१)

-महेश्वर श्रेष्ठ

२०५८ साल जेठ १९ गते तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाह र निजको एकल परिवारका सदस्य बाहेक तत्कालीन गद्दीनसिन राजा वीरेन्द्र नीजको सम्पूर्ण परिवार सदस्य तथा नजिकका नातागोता समेत नारायणहिटी राजदरबारमा मारिएबाट एक किसिमले नेपालमा परम्परागत राजतन्त्रको अन्त्य भएको थियो । तर त्यो हत्याकाण्ड जनताको विद्रोह वा वाह्य आक्रमणको कारणबाट नभई १६० वर्ष अघि जंगबहादुर राणाले कोतपर्व भण्डारखाल पर्व मच्चाएर सम्पूर्ण राज्यशक्ति आङ्ग�नो मु�ठ्ठीमा पारी राणाहरुको अकन्टक पारिवारिक शासन कायम गरे पश्चात १०४ वर्षसम्म देशवासी माथि त्रुूरतम अत्याचार गर्दै र मुलुकलाई वाह्य संसारबाट अलग र अन्धारमा राख्दै सम्पूर्ण राज्यकोष र प्राकृतिक संसाधनलाई राणाहरुको निजी सम्पति बनाए जस्तै एक्काइसौं शताव्दीमा आएर पनि राज्यशक्ति हत्याउने चरम महत्वाकाँक्षा र राणाहरुले जस्तै राज्यकोषमा लूटपाट मच्चाउने कु_ित्सत नियत राख्ने राजपरिवारकै एकथरि सदस्य र तिनका मतियारहरुले गरेको सुनियोजित हत्याकाण्ड भएकोले र त्यस बेला सत्तापक्ष र प्रतिपक्षमा रहेका सम्पूर्ण संसदीय राजनीतिक शक्तिहरुले खासै सरोकार नराखेको वा तिनको नेतृत्व वर्ग डरका कारण मौनता साधेर बसेको हुँदा राजतन्त्रको समूल अन्त्य नभएर राजा फेरिने घटनामा मात्र सिमित हुन पुगेको थियो । त्यसै कारण ज्ञानेन्द्र शाहले आज पर्यन्त राजा हुने अवसर पाइरहेका हुन् ।

त्यसै बेला नेपालमा राजतन्त्रको अन्त्य गरी जनगणतन्त्र नेपालको स्थापना गर्ने उद्देश्यका साथ २०५२ साल फागुनदेखि सशस्त्र विद्रोहमा होमिएको नेकपा माओवादीको कथित जनयुद्ध पनि उत्कर्षमा पुगिराखेको थियो । तर कम्युनिष्टहरुकै नजरमा उसले उठाएको जनयुद्ध सैद्धान्तिक हिसावले बेठीक नभए पनि आन्तरिक तथा वाह्य परिस्थतिको यथार्थपरक विश्लेषण नगरी मनोगत रुपमा उठाइएको हुँदा त्यो बेठीक थियो र त्यस जनयुद्धले एक दिन शान्तिपूर्ण आन्दोलनमा रुपान्तरित हुनै पर्ने थियो । राजा वीरेन्द्रको वंश विनास भएको २०५८ सालमै उसले ��अब हामी शक्ति सन्तुलनको स्थितिमा पुग्यौं । न राज्यले हामीलाई हराउन सक्छ न हामीले राज्यपक्षलाई समाप्त गर्न सक्छौं । भन्दै घुमाउरो भाषामा आपुू असफल भएको स्वीकार्दै ससम्मान अवतरण गर्न खोजेको थियो । उक्त भनाईलाई यसरि पनि बु�ड्ढन सकिन्थ्यो ��परम्परागत राजतन्त्रको अन्त्य भएकोले हाम्रो शसस्त्र विद्रोहको तात्कालीन उद्देश्य पूरा भयो । अब हामी शान्तिपूर्ण आन्दोलनको माध्यमबाटै नेपाली समाजको अग्रगामी रुपान्तरण प्रकृयालाई अगाडि बढाउन चाहन्छौं । तर प्रमुख संसदवादी दलहरुले माओवादीले राखेको संविधानसभाको प्रस्तावलाई ठाडै अस्वीकार गरी उसको त्यस गल्ती स्वीकारोक्ती र शान्तिपूर्ण राजनीतिक मूलधारमा आउने चाहनाको भाषालाई बु�ड्ढन विविध कारण र स्वार्थवस साढे चार वर्ष लगायो अर्थात माओवादीलाई शान्तिपूर्ण राजनीतिक मूलधारमा आउने ढोका खोल्न र निरंकुश राजतन्त्र विरुद्ध आन्दोलन गर्ने कुरामा सातदल र माओवादी सहमत हुन जनताले २०६२ साल मंसीर ७ गते सम्म कुर्नु प�र् यो ।

आतंकवादलाई दबाउने नाममा आफै सबभन्दा ठूलो आतंककारी बनेका राजा ज्ञानेन्द्र र उनको निरंकुश सैनिक शासन विरुद्ध संसदवादी सातदल र विद्रोही माओवादी�र् ारा २०६२ चैत्र २४ गतेदेखि संयुक्त जनआन्दोलन छेडिएको उद्घोष भयो । जनताले सातदलले केहि गर्छ भन्ने विश्वासले होइन माओवादीले पनि कुनै ठूलो माखो मारिहाल्छ भन्ने आशाले पनि होइन तर राजकीय मामलामा राजनीतिक दलहरुबाट मात्र जनताको नेतृत्व हुनसक्ने वाध्यताले र २३७ वर्षदेखि राज्यकोष र प्राकृतिक एवं मानवीय संसाधनको ठूलो अंश भक्षण गरेर पनि नपुगी देशवासी माथि चरम शोषण दमन विभेद उत्पीडन र अत्याचार गर्दै आएको विनासकारी डाइनोसोर जस्तॊ राजतन्त्रबाट सदाका लागि मुक्ति पाउने उत्कट चाहना एवं शान्तिको सास फेर्न पाउने एकमात्र अभिलाषा लिएर विश्वलाई नै चकित पार्दै देशव्यापी रुपमा पचासौं लाख सर्वसाधारण नेपाली जनता आन्दोलनमा उत्रे । विश्वको कुनै पनि साम्राज्यवादी वा प्रतिकृयावादी शक्तिले राजा ज्ञोनन्द्रलाई बचाउन सकेन र आन्दोलन उद्घोष भएको उन्नाइसै दिनमा उनले जनताको अजेय शक्तिका अगाडि घुँडा टेक्न वाध्य हुनै प�र् यो । दलहरुले अरु दुई तीन दिन आन्दोलनलाई निरन्तरता दिने आँट गरेको भए राजा ज्ञोनेन्द्र त्यहि बेला देशबाट भागिसक्थे । तर सातदल मध्येका ठूला दलहरु राजतन्त्रको अन्त्यको पक्षमा नरहेको हुँदा राजा ज्ञानेन्द्रलाई अभयदान प्राप्त भयो र उनी अझै राजा हुन पाइरहेका छन् । तर पनि २०६२ मंसीर ७ गते सातदल र माओवादी बीच जस्तोसुकै समझदारी भए पनि उल्लेखित आन्दोलनमा सहभागी जनताले लगाएको एक मात्र गगनभेदी नारा र राजनीतिक दलहरुलाई दिएको स्पष्ट आदेश हो ��नेपालबाट कुनै पनि किसिमको राजतन्त्रको सदाका लागि समूल अन्त्यÚ र ��जातिय समानुपातिक प्रतिनिधित्व सहितको संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाÚ । क्रमसः

२००७ मार्च २०

शान्ति सम्झौता पछि पनि बन्द को झट्का

nepal_maoists.jpg

foto:time.com
देशमा तेती ठुलो सम्झौता भयो,सबै जना शान्ति को सास् सास् फेर्न पाइने भयो भनेर दंग परेको बेला आज को उपत्यका बन्द ले सबै मा झट्का दिएको छ । हुनत शान्ति सम्झौता हुनु अगि पनि र भए पछी पनि माओवादी र सरकार दुवै पक्ष बिच खासै मिलिमोतो भएको देखिको थिएन । कहिले सरकार को कुरा माओवादी लाई मन नपर्ने त कहिले माओवादी को कुरा सरकार लाई मननपर्ने यो क्रम् जारी नै थियो।तर कुरा कनी कुथी अगि बडे पनि हिजो सरकार ले १४ देशमा रिक्त रहेका राजदुत् मा नया राजदुत् हरु को नाम बहिर ल्याए पछि त माओबादी हरु लै अस्हय भए जस्तो देखियो ।उनिहरु को शिर्ष नेता ले जनाए अनुसार सरकार समस्या समाधान गर्नु को साटो झन बिरोधी हुँदै गएको र यस्ले शान्ति स्थापना मा समेत बाधा पर्न सक्ने भएको ले समय मा नै सचेत् हुनु पर्ने उनि हरु ले बताएका छन । हिजो को उक्त राजदुत् को नामवलि प्रकासन् को बिरोध् मा आज् को बन्दसत्र सन्चालन् भएको र यो बिहान् १० देखि साझ ४ बजेसम्म हुने उनिहरु ले बताएका छन्।
देश मा साच्चै को शान्ति चै आउछ कहिले ? ? ? ?

Posted By:Raj Shrestha

होसियार राजाबादीहरु

dec_15_06_pro_activists1_b.jpg

Photo:nepalnews.com

dec_15_06_pro_activists4_b.jpg

अस्ति मात्रै हो पोखरा मा त्यत्रो धुलाई भेटेको तर पनि चेत् आएन् यि राजाबादि लाइ।देश् मा लोक्क्तन्त्र,गडतन्त्र को नाम्मा यत्रो देश् उर्लि सकेपछि पनि “राजा आउ देश् बचाउ” भने पछि त काग् को हुल् मा बक्कुल्ला भैन्छ् भनेर उनिहरु लै थाहा भएन छ् कि कसो।तर हुन त २१ सौ शताब्दी मा मानब् अधिकार् को कुरो पहिलो चरण् मा आउने भए पनि बेला बख्त् हेर्नु पर्ने रहेछ् के गर्ने?फेरि हिजो मात्र काठ्मान्डौ मा राप्रपा को राजा बादि जुलुस् मा हस्तछेप् भै राजबादि हु भन्ने ले पिटाइ भेटेका छन्। त्यसैले बेला बद्लियो है अब होसियार् ।।।।

Posted By:Raj Shrestha


May 2024
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Team Nepal Mandap !

Contribute your articles for better Nepal !